Ads

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत


काठमाडाैं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राजीनामा दिएका छन्।

पोखरेलले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पठाएका थिए।

उनी २०७९ साल पुस १४ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। उनले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ।

राजीनामापछि नेपालखबरसँग कुरा गर्दै महान्यायाधिवक्ता पोखरेलले आफ्नो कार्यकालबाट सन्तुष्ट रहेको बताए। ‘अरुले कसरी हेर्छन् भन्ने कुरा अर्कै रह्यो। म भने सन्तुष्ट छु,’ पोखरेलले भने।

Ads

सम्बन्धित पोष्टहरू