काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको सरकार परिवर्तनले सिंगै देशलाई नयाँ आशा जगाएको बताएका छन् ।
विगतमाजस्तो पार्टीभित्रको घेराबन्दी अहिले नरहेकोले काम गर्न सहज रहेको उनले बताए ।
बालुवाटारमा मंगलबार भएको कार्यक्रममा बोल्दै ओलीले विगतमा आफूले पार्टीभित्रकै डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको पनि बताए।
‘मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू पनि छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले अप्ठाराहरूसँग जुधेको छु। कोभिड, नाकाबन्दी र पार्टी भित्रकै डरलाग्दा अप्ठाराहरूसँग जुधेको छु। आज कतै पनि त्यस्तो स्थिति छैन। त्यसप्रकारको घेराबन्दीको स्थिति छैन।’
उनले प्राकृतिक विपद भने अहिले रहेको बताए। उनले आगामी दिनमा प्राकृतिक विपद न्यूनिकरणमा ध्यान दिँदै गइने पनि बताए। सरकारले सुशासन र विकासमा काम गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्