Ads

साढे २ अंकले घट्यो नेप्से, काराेबार रकममा पनि कमी


काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज २।५७ अंकले सेयर बजार ओरालो लागेको हो ।मंगलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । २७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

मंगलबार लाइफ इन्स्युरेन्स ५५।९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४।४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको सेयर कारोबार भएको छ । सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार फाइनान्स ४।६५, निर्जीवन बिमा २३।४, जीवन बिमा ९३।६१ अंकले बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू