Ads

सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहेका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी मनोनयन गरेका हुन् । सांसद बर्तौलाले यसअघि एमालेको प्रमुख सचेतक र सचेतक भएर जिम्मेवारी वहन गरिसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू