Ads

न्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय


काठमाडाैं । काठमाडौंको न्युरोड क्षेत्रको फूटपाथ बिस्तारको काममा स्थानीयले पुनः अवरोध गरेका छन् ।

काठमाडौं महानगरपालिकाले शुक्रवार बिहान फूटपाथ विस्तारको काम शुरू गरेसँगै स्थानीय विरोधमा उत्रिएका हुन् ।

भीडलाई नियन्त्रण गर्न न्युरोडमा उल्लेख्यमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । शुक्रवार बिहान न्युरोडमा नेपाल प्रहरी, नगर प्रहरीलगायत सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

उच्च अदालतले फूटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम शुरू गरेको थियो । स्थानीय यसैको विरोधमा उत्रिएका हुन् ।

यसअघि न्युरोडमा फूटपाथ बिस्तारलाई लिएर सडक डिभिजन कार्यालय र महानगरबीच विवाद भएको थियो ।

काठमाडौं महानगरले फूटपाथ बिस्तारका लागि सडकको कालोपत्रेसमेत भत्काइसकेको अवस्थामा सडक डिभिजनले हस्तक्षेप गरेको थियो ।

सडक डिभिजनको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो । अदालतले न्युरोडमा फूटपाथ बिस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू