Ads

कांग्रेस महाधिवेशनः बिहान ८ बजेदेखि महामन्त्रीको मत गणना हुने


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहीबार बिहानबाट महामन्त्री पदको मतगणना हुने छ। बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। जसमा दुई जना निर्वाचित हुने छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा छन् । डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा.राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ विजयी भएका छन्।

Ads

सम्बन्धित पोष्टहरू