Ads

२०८१ साउन ६ गते आईतबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अलिक चुनौतीयुक्त रहला । दुर्भावनायुक्त व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने सम्भावना छ । परिवारजनमा असन्तुष्टि बढ्ला । विभिन्न अवसरले पछ्याउन सक्छन्, तर समयको पदचाप बुझेर कर्म गर्ने प्रयत्न गर्नुपर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । तर समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, विशेष सचेत रहनुहोला । आजको दिन व्यापारमा फाइदा नै हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने समय छ । राजनीतिक पहुँच वृद्धि हुनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । धार्मिक काममा बाधा र भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सजग रही बोली र व्यवहार गर्नुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):समय शुभदायी छ । उच्चस्तरकै मानसम्मानको योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन होला । काममा आफन्तको सहयोग जुट्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या रहन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ । सुखद समाचारले काममा उत्साह जगाउने दिन छ । परिवारजनको सहयोग सहयोग रहला । प्रतिस्पर्धीहरूलाई पछि पर्नेछन् । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने समय छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको बन्धन कसिने समय छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई उपलब्धिको दिन सावित होला । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । टाढाको यात्राबाट धनलाभ हुनसक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आँटेको विशेष कार्य वा महत्वपूर्ण योजनामा ढिलासुस्ती हुन सक्छ । सामान्य अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट कडिकडाउको सिकार भइने योग रहेकोले सावधान रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ तर जीवनसाथीलाई केही पीडा हुने योग छ । मान महत्व बढ्नेछ । रोकिएको काम बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट राम्रै धनलाभ हुनुका साथै भौतिक साधनहरू जुट्लान् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा होला । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला । राजनीतिक पहुँच बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन विभिन्न अवसरले पछ्याउलान् । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । फलदायी यात्राको सम्भावना पनि रहेको छ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट केही समयलाई मुक्ति मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ । प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता वा सान्निध्यता बढ्ने समय छ । तर प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले पुनः दुःख दिन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ तर आर्थिक समस्या समाधान हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । सवारीसाधन वा हातहतियारको प्रयोग गर्दा आजको दिन विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू