Ads

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९५७.७६ विन्दुमा आइपुगेको छ । बुधबार बिहान ११ बजेसम्म सात लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको ३५४ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । आठवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू