Ads

२०८१ साउन ८ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूका काममा महत्वपूर्ण समय बित्ने एवम् व्यावसायिक काममा खर्च बढ्ने समय छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्नै रहला, तर आजको दिन खास अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दौडधुप बढेपनि कतै अतिथिका रूपमा सम्मान प्राप्त हुनसक्ने दिन छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । तर स्वास्थ्यप्रति विशेष ध्यान पु¥याउनु उचित हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): वित्तादि लाभ हुने समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ भने ब्यापार ब्यावसायमा पनि फाइदा नै होला । पढाइलेखाइमा भने समय दिन नसकिएला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा झैझगडा तथा विवाद पर्नसक्ने योग रहेकोले आज विशेष सावधानीका साथ बोली र व्यवहार गर्नुहोला । स्वास्थ्य सामान्य कमजोर रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार ब्यावसायमा सोचेभन्दा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले चाहिँ कता–कता सताइरहन सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइएला ।  छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय केही चुनौतीयुक्त रहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना काममै अल्झनुपर्दा मन खिन्न हुन सक्छ । भौतिक साधनप्रति पनि आज पूरै भर पर्ने अवस्था छैन, सवारीसाधन, हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले मित्रजन टाढिन सक्छन्, होसियार रहनुहोस् ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ । अनावश्यक खर्चको भार पर्न सक्छ, सावधानीपूर्वक मितव्ययी बनेर व्यवहार गर्नु हितकर हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि सवल नरहन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्या दोहोरिन सक्छ, सचेत रहनुहोला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । सवारी साधनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनुहोला ।

Ads

सम्बन्धित पोष्टहरू