काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका लागि अहिले मतगणना जारी रहेको छ । ११९५ मत गन्दा गगन थापाले अहिलेसम्म ७५६ मत पाएका छन् ।
दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन् । शर्माले अहिले ४९० मत पाएका छन् । त्यसपछि डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् ।महतले ३८९ मत पाएका छन् । पौडेलले ३६९ मत पाएका छन् । डा. मिनेन्द्र रिजालले २२३ मत पाएका छन् । डा. राजाराम कार्कीले भने ३८ मतमात्र पाएका छन् ।
महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् ।
शर्मा प्रकाशमान सिंह समूहबाट प्रतिस्पर्धामा उत्रेका हुन ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने बतएको भएपनि गणकहरुको अभावमा ढिला मतगणना शुरु भएको हो ।
यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । त्यसैगरी प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्