Ads

उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल


काठमाडाैं । त्रिभुवन विमानस्थल पुन:सञ्चालनमा आएको छ।

बिहान ११:११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो।

करिब साढे दुई घन्टापछि पुन: सञ्चालनमा आएको हो। यससँगै अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका उडान/अवतरण नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

बुधबार बिहान सौर्य एयरको नाइनएन–एएमई जहाज दुर्घटनामा परेको हो। दुर्घटनामा एयरलाइन्सका १९ जना सवार थिए।

जसमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू