मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): श्रमको उचित मूल्य नमिल्ने या सोचेभन्दा कमै फाइदा मिल्ने दिन छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तर मिठो भोजन प्राप्त हुनेछ भने यात्रामा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दौडधुप बढेपनि आजको दिन मंगलमय कृत्य सम्पादन हुन सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने समय छ । तर अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहने योग छ । प्रेमभाव बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम फेरि प्रयत्न गरे सफलता मिल्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन त्यति उत्साहवर्द्धक नरहला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ भने आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य सामान्य कमजोर रहला, जसका कारण जोश–जाँगरमा कमी आउनेछ । पठनपाठनमा पनि पछि परिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । तथापि, केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने समय छ । यात्राको अवसर जुट्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । पढाइलेखाइमा सामान्य प्रगति होला । सेवामूलक कामबाट धनलाभ हुने योग छ ।
प्रतिक्रिया दिनुहोस्