Ads

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त


काठमाडाैं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई  नियुक्त गरेको छ ।

विहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए ।

त्यसैगरी सरकारले योजना आयोगका सदस्यमा पूर्वसचिव रमेशप्रसाद सिंहसहित पाँच जनालाई नियुक्त गरेको छ ।

यस्तै सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ ।

गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् । यसअघिका मुख्यसचिव डा बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि गड्तौला निमित्त मुख्यसचिव थिइन् । गड्तौलाको कार्यकाल भने छोटो हुनेछ ।

मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउँदै छिन् ।

Ads

सम्बन्धित पोष्टहरू