काठमाडाैं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन्।
स्यान्टु आज भएको प्रारम्भिक चरणको खेलमा सेनेगलका इब्राहिमा डिआसँग ४-० को सेटमा पराजित भए। उनी १२-१०, ११-३, ११-४ र ११-५ ले पराजित भए।
पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी रहेकामा स्यान्टु अन्तिम वरीयतमा रहेका थिए। ६४ वरीयताभन्दा माथिका खेलाडीले प्रारम्भिक चरण खेल्नु पर्ने नियमअनुसार उनले पहिलो खेल ५१औं वरीयताका खेलाडीसँग खेलेका हुन्।
प्रारम्भिक चरणको विजेता राउन्ड अफ ६४ मा प्रवेश गर्ने प्रावधान भए पनि स्यान्टु अन्तिम ६४ मा पुग्न सकेनन्।
स्यान्टु नेपालको तर्फबाट छनोट जितेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी र पहिलो टेबलटेनिस खेलाडी बने।
पछिल्लो केही वर्षदेखि अस्ट्रेलियामा बसिरहेका राष्ट्रिय च्याम्पियन स्यान्टुले ओलम्पिकका लागि उतै तयारी गरेका थिए।
प्रतिक्रिया दिनुहोस्