काठमाडाें ।पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
पोखरा-२१ गुड्कुस्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको एलपी देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको बस सोमबार बिहान दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विद्यालयका कार्यालय सहयोगी ३३ वर्षीया आरती विकको मृत्यु भएको हो ।
दुर्घटनामा २९ जना घाइते भएका छन् । बस सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्