काठमाडौँ । सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
‘सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको छ’, बैठकपछि सभापति सूर्यबहादुर थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्दैछौँ । सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।’
यस्ताे छ समितिले विदेशबाट नेपाल ल्याउनुपर्ने व्यक्तिहरूको नामावली :
१. जिबी राई – सूर्य दर्शन सहकारी, पोखरा
२. भरत महर्जन – सुमेरू सहकारी, ललितपुर
३. राजमाया महर्जन – सुमेरू सहकारी, काठमाडौं
४. सचिन महर्जन – सुमेरू सहकारी, काठमाडौं
५. सरला महर्जन – सुमेरू सहकारी, ललितपुर
६. ज्ञानबहादुर बमजन – सूर्यदर्शन सहकारी, पोखरा
७. भूपेन्द्र राई – सूर्यदर्शन सहकारी, पोखरा
८. तेजबहादुर बमजन – शिव शिखर सहकारी
९. देवकुमार नेपाली – इमेज बचत, पोखरा
१०. छेदा नेपाली – इमेज बचत सहकारी, बागलुङ
११. तस्बिरन खातुन – सानो पाइला सहकारी, वीरगन्ज
१२. असरफ अली – सानो पाइला सहकारी, वीरगन्ज
१३. सुवास केसी – सहारा सहकारी, चितवन
१४. दीपक पौडेल – इमेज सहकारी, बागलुङ
१५. लीलानाथ गौतम – शिव शिखर सहकारी, भक्तपुर
१६. महाशंकर रेग्मी – मेघा ड्रिम सहकारी, काठमाडौं
१७. थानबहादुर बुढामगर – सूर्यदर्शन सहकारी, पोखरा
१८. प्रेमध्वज लामा – कान्तिपुर कोअपरेटिभ, काठमाडौं
प्रतिक्रिया दिनुहोस्