काठमाडौँ । सांसद गङ्गाकुमारी बेलबासेले राजनीतिक स्थिरता र विकास निर्माणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने धारणा व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी काम गर्न आग्रह गरे ।
“खर्चिलो चुनाव भयो भनिएको छ । जनताबाट निर्वाचित भएको कार्यकारी प्रमुखलाई निर्वाचन गर्न हामी पहिलेदेखि नै तयार छौँ ।
यो पक्षमा जाने आँट गर्छन् भने हामी समर्थन जनाउँछौँ”, उनले भने । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुँदा स्थिर सरकार बन्न सक्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्