Ads

संसदीय समितिको सभापतिमा थापा निर्विरोध


काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएको छ ।

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे ।

समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त हुनपुगेको थियो । समितिको सभापति पदमा कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू