Ads

आफुबाट गल्ती भएको मुकुल ढकालको स्वीकारोक्ति: मुकुल ढकाल


काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री डा.मुलुक ढकालले आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकारेका छन् ।

उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा अनजानमा केही गल्ती भएको स्वीकारेका हुन् ।

तर, आफूले बोलेका कुनै पनि कुरा झुटो नभएको उनको दाबी छ । ‘प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बिचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु। सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन,’ उनले लेखेका छन् ।

कतिपय कुराहरू समय क्रमसँगै प्रमाणित हुँदै गएको र कतिपय हुँदै जाने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट मुक्त बनाउन आफूले पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्नेबित्तिकै पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गरिएको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू