काठमाडाैं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)मा दलहरूबीच भएको सहमतिबाट पछाडि फर्कन नहुने बताएका छन् ।
शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव गुरुङले विगतमा पनि पटक–पटक टीआरसीको अन्तरवस्तुमा सहमति भए पनि उल्टिने गरेको भन्दै यसपटक सहमतिबाट पछाडि फर्किन नहुने बताएका हुन् ।
महासचिव गुरुङले विगतमा सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषय उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडि बढ्नेमा आफूहरू आशावादी रहेको बताए ।
उनले सहमति कार्यान्वयन गर्न दलहरूलाई आग्रहसमेत गरे। महासचिव गुरुङले टीआरसीको विषय टुंग्याउन निकै विलम्ब भइसकेको भन्दै यस विषयलाई केबल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गरे । उनले माओवादी केन्द्र सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्