Ads

चर्चित जोडी जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद


काठमाडौं । पछिल्लो समय सम्बन्धविच्छेदको विषयलाई लिएर चर्चामा रहेका जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । नेपाली सांगीतिक क्षेत्रमा चर्चित जोडीको रुपमा स्थापित भइृसकेको यो जोडीले बिहीबार काठमाडौं जिल्ला अदालत पुगी करिब तीन वर्ष लामो आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।

सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको जानकारी दिएका छन् । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू