Ads

काठमाडौं-तराई फास्ट ट्रयाकअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु


काठमाडाैं । काठमाडौं-तराई मधेश द्रुतमार्गअन्तर्गत पर्ने मकवानपुरको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मकवानपुरको बकैया गाउँपालिका १२ स्थित धेद्रे सुरुङ मार्ग ब्रेक थ्रु गरेका हुन् ।

नेपाली सेनाको व्यस्थापनमा पोली च्याङ्दा चिनियाँ कम्पनीले निर्माण गरिरहेको यस सुरुङ मार्गको काठमाडौंबाट निजगढ जाने १७२८ मिटर लम्बाइ रहेको सुरुङको ब्रेक थ्रु भएको हो ।

यससँगै यस सुरुङको निजगढ जाने र काठमाडौं आउने दुवै तर्फको ब्रेक थ्रु सम्पन्न भएको हो । निजगढबाट काठमाडौं आउने सुरुङ पहिले नै ब्रेक थ्रु भएको थियो ।

द्रुतमार्गको १३ मध्ये प्याकेज नम्बर २ मा पर्ने धेद्रे र लेनडाडा सुरुङ मार्ग चिनियाँ कम्पनी पोली च्याङ्दाले निर्माण गरिरहेको छ ।

काठमाडौं-तराई मधेश द्रुत मार्ग आयोजनामा ६ स्थानमा गरी जम्मा १०.३९० किमि लम्बाइको सुरुङ मार्ग बन्ने नेपाली सेनाले जनाएको छ ।

२०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयपछि ०८१ मंसिरमा निर्माण सम्पन्न गर्ने गरी यस आयोजना व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पछिल्लोपटक म्याद थप गरी २०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य नेपाली सेनाको छ ।

तर हालसम्म समग्र आयोजनाको भौतिक प्रगति जम्मा ३५.३८ प्रतिशत मात्रै छ ।

 

Ads

सम्बन्धित पोष्टहरू