Ads

निर्वाचन क्षेत्र जाँदा ममाथि दुर्व्यवहार भयो: सोबिता गौतम


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सार्वजनिकस्थलमा आफूमाथि दुर्व्यवहार गरिएको बताएकी छिन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले आइतबार (हिजो) निर्वाचन क्षेत्रमा बाढीपहिरोको अवस्था अवलोकन गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिकै आफूमाथि अभद्र व्यवहार गरिएको बताइन् ।

‘अविरल वर्षातले मेरो निर्वाचन क्षेत्र (काठमाडौं–२) मा अवलोकनका लागि गएको थिएँ। साँझ पाँच बजेको समयमा कागेश्वरी मनोहरा वडा नम्बर ६ मा रहेको मनकामना टोलमा पुगेँ। मुलपानी क्रिकेट स्टेडियममाथिको डाँडातिर गएको थिएँ। त्यहाँको पहिरो अवलोकन गरेर फर्कने क्रममा सामान्य अवस्थामा नरहेका युवा ममाथि दुर्व्यवहार गर्ने किसिमले प्रस्तुत हुनुभयो,’ उनले भनिन्।

उनले अहिले दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन्।

‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ! युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइन? के यो जंगली प्रकारको भएन?’ उनले प्रश्न गरिन्।

सरकारले सुरक्षा चुनौतीबारे संवेदनशील भएर सोच्नुपर्ने पनि सांसद गौतमले बताइन्।

Ads

सम्बन्धित पोष्टहरू