काठमाडाैं । बंगलादेशका आन्दोलनकारी विद्यार्थीले अन्तरिम सरकार बनाउने बाटो खुला गर्न त्यहाँको संसद् आज (मंगलबार) दिउँसोसम्म विघटन गर्न माग गरेका छन् ।
विद्यार्थी नेताहरूले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्। युनुसले पनि यसबारे स्वीकार गरिरहेकोझ उनका प्रवक्ताले रोयटर्ससँग भनेका छन्।
८४ वर्षीय युनुस र उनको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो।
लाखौं जनतालाई १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उनलाई पुरस्कृत गरिएको थियो।
गत जुनमा उनीविरूद्ध रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो। तर उनले उक्त आरोप अस्वीकार गरेका थिए। हाल युनुस पेरिसमा रहेको रोयटर्सले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्