गोरखा, । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन् ।
गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार समेत तरहेका अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताए ।
चुनावी प्रचार–प्रसारका क्रममा शुक्रबार बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नु बताए ,। उनले भने, “राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।”
उनले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गर्नुभयो । “म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको सुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु ।”
प्रतिक्रिया दिनुहोस्