Ads

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


काठमाडौं । नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केहीबेरमै मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि दु:ख व्यक्त गर्दै नगर प्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाएका थिए।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद भएको बताए। दुर्घटनामा ५ जनाको शव भेटिएको छ।

Ads

सम्बन्धित पोष्टहरू