Ads

भासियो काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक


काठमाडौं । दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएपछि सवारीसाधन आवागमन बन्द गरिएको छ।

उक्त सडक हिजो राति नै भासिएको महानगर प्रहरीले जनाएको छ। सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। यो काठमाडौं महानगरपालिकाकै कार्यालय नजिक सडक भासिएकाे हो।

भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू