Ads

स्पष्टीकरण बुझाउँदै मुकुलले मागे रवि लामिछानेको राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री पदबाट हटाइएका डाक्टर मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन्।

पार्टीले साधारण सदस्यमा राख्ने वा नराख्ने बारेमा साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्नहरु गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरु सत्यमा आधारित रहेको जिकीरसमेत गरेका छन्।

ढकालले अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले महामन्त्री र प्रवक्ताको पदबाट हटाएको थियो। सो निर्णयविरुद्ध उनले निर्वाचन आयोगमा निवेदन दिएका थिए।

ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा रास्वपाले साउन ३० गते पुनः ढकाललाई स्पष्टीकरण सोधेको थियो।

त्यसको जवाफी पत्रमा ढकालले लेखेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन्। तपाईले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ।’ उनले सभापति लामिछानेलाई नैतिक रुपमा पतित नभएको भए आफूले उठाएका प्रश्नको जवाफ दिन अनुरोध गरेका छन्।

यस्तो छ ढकालको जवाफ

 

Ads

सम्बन्धित पोष्टहरू