Ads

‘एमपक्स’को प्रकोप फैलिएपछि डब्लुएचओद्वारा स्वास्थ्य आपत्काल घोषणा


काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले मंकीपक्स (एमपक्स)लाई विश्वव्यापी स्वास्थ्य आपत्का‌ल घोषणा गरेको छ ।

अफ्रिकाका केही भागमा ‘एमपक्स’ फैलिएपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ‘धेरै चिन्ताजनक’ अवस्था भनेका छन् । ‘यो प्रकोप रोक्न र जीवन बचाउन अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ’, उनले भने।

अत्यधिक संक्रामक मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । अहिले मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बीबीसीले जनाएको छ ।

यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ ।एमपक्स यौन सम्पर्क, छाला र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ । यसमा फ्लूजस्ता लक्षणहरू देखिन्छन् ।

नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो । यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् ।

यसबाट बच्न के गर्ने ?

  • एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
  • संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने
  • संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने
  • घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने
  • नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
  • संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने
  • मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने
  • संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने
  • संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
  • फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने
Ads

सम्बन्धित पोष्टहरू