काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।
बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यस दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
गएको सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यो यसअघिको उच्च कारोबार थियो ।
बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।१०५ कम्पनीको सेयर मूल्य बढेको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्