Ads

२०८१ भदौ २ गते आईतबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामका विविध झमेला एवम् मुद्दामामिलाबाट मुक्ति मिल्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धनलाभको पनि योग छ । तथापि, गलत व्यक्तिको विश्वासमा पर्नाले काममा धोका मिल्न सक्छ, सचेत रहनुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बनी नयाँ काम सुरु हुने दिन छ । व्यापार–व्यवसायमा फाइदा नै हुने देखिन्छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् भने प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ । अन्धविश्वासको भरमा काम नगरेकै राम्रो होला । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने समय छ । मंगलमय काम सम्पादन हुनसक्छ । मानसम्मान प्राप्त हुने योग छ । काममा आफन्तको सहयोग जुट्ला । आम्दानी बढ्नाले उत्साह थपिनेछ । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु उचित हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन सुखद समाचारले काममा उत्साह जगाउनेछ । परिवारजनको सहयोगले उत्साह बढाउला । स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु हितकर होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम, आनन्द र आरोग्यता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ भने यात्रागत कार्यबाट धनलाभ हुन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन अलिक चुनौतीयुक्त छ । सरकारी निकायबाट कडिकडाउको सिकार भइने सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा विशेष सजगता अपनाउनु हितकर होला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधाको सम्भावना छ, सजगता अपनाउनु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ब्यापार-व्यवसायबाट राम्रै धनलाभ हुने समय छ । भौतिक साधनहरू जुट्नेछन् । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आज विभिन्न अवसरले पछ्याउनेछन् भने मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि मुक्ति मिल्नेछ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तथापि, बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढेपनि काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । खर्च बढ्ने योग छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आर्थिक समस्या समाधान हुने समय भएपनि पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याको योग भएकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू