Ads

ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार छ : ओबामा


काठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रूपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताएका छन् ।

पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाअधिवेशनलाई मंगलबार सम्बोधन गदै उपराष्ट्रपति ह्यारिस अमेरिकी नागरिकको हितका लागि लड्न तयार रहेको बताए । यसका लागि उनीप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता उनले व्यक्त गरे ।

‘कमला ह्यारिस राष्ट्रपति पदका लागि तयार हुनुहुन्छ । उहाँ आवाजविहीनहरूको आवाज बनेर जीवन बिताउनुभएको व्यक्तित्व हो,’ उनले भने, ‘उहाँ सबै अवस्थामा अमेरिकीहरूको कुरा सुन्न र उनीहरूको लागि काम गर्न तयार हुनुहुन्छ ।’

Ads

सम्बन्धित पोष्टहरू