काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्ने नहुने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भन्दै भिडियो बनाएको बताए ‘भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन, नो इफ नो बट, हाम्रो कुरा क्लियर कट,’ उनले भने ।
साथै लामिछानेले नीतिगत निर्णय गरेर मन्त्रिपरिषद् लैजाने क्रमलाई रोक्नु पर्ने बताए । ‘मन्त्रिपरिषद्ले गर्ने निर्णयको परिभाषा हुनुपर्छ,’ उनले भने ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनमाथि छलफल चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्