Ads

रवि लामिछाने र छविसँग भोलि बयान लिँदै संसदीय समिति


काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सोधपुछका लागि रास्वपा सभापति रवि लामिछानेलाई बोलाएको छ ।

समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए । सभापति थापाका अनुसार सहकारीको रकम हिनामिनाका विषयमा सोधपुछका लागि लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बोलाइएको हो ।

लामिछानेसँग सोधपुछ गर्नुअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई बोलाएको छ । जोशीलाई समितिले बिहान ११ बजेका लागि बोलाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू