काठमाडौँ । उपप्रधामन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पण गरेका छन्।
मङ्गलादेवीको २८औँ स्मृति दिवसका अवसरमा उपप्रधानमन्त्री सिंहले आज बिहान शोभा भगवतीमा रहेको मङ्गलादेवीको सालिकमा माल्यार्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको बताए । उनले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मङ्गलादेवी फाउण्डेसनको अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको जनाउँदै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताए । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई नेपाल महिला सङ्घको स्थापना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्