मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कृषि-चौपायाबाट हानि पुग्नसक्छ भने बन्दव्यापारमा पनि नाफा हुने देखिन्न । स्वास्थ्यमा सामान्य कमजोरी रहला । अनावश्यक कुरामा खर्च बढ्न सक्छ, सचेत रहनुहोला । सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज काममा सहयोगीहरूले राम्रो साथ दिनाले उत्साह वृद्धि होला । घरमा पाहुना आगमनको योग छ । धनवृद्धि होला । सन्तानपक्षबाट सुख मिल्ने समय छ । तर अध्ययन-अध्यापनमा भने खासै मन नजाला । टाढिएका सहयोगीहरूको समेत साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन शुभदायी छ । आर्थिक आर्जनकोे अवसर मिलनेछ भने ब्यापार-व्यवसाय पनि फष्टाउला । कसैबाट उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा ज्यादा लाभ मिल्नेछ । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल तथा पराक्रम बढ्नेछ । आयआर्जन राम्रै होला । यात्रागत कार्य रमाइलोसँग सम्पन्न हुनेछ भने यात्रामा हुने भेटघाटले मनोबल बढाउने योग छ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने परिस्थिति निम्तन सक्ने योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अलिक चुनौतीयुक्त रहला । खर्च र विवाद बढ्ने, महत्वपूर्ण काममा अवरोध पैदा हुन सक्ने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्य पनि खासै सवल नरहन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप बढ्नेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु हितकर होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । आजको श्रमले पछि राम्रो फल मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । पशुधन र जमिनबाट सामान्य लाभ होला, साथै आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज कार्यबोझले थाकेको महसुस होला । घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडाको योग छ । खर्चवृद्धि हुने सम्भावना छ । साथीभाइ, कुटुम्ब वा नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अभिभावक एवम् साथीभाइले आवश्यक सहयोग प्रदान गर्ने समय छ । मनमा दुबिधा रहन सक्छ, तर सामाजिक काममा नाम रहनेछ । मान बढ्ला । आजको दिन जागिरमा भने होसियार रहनु हितकर हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नजिकका मित्रबाट विशेष साथ-सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । काम बन्नाले मन रमाउने छ । बुद्धि-विवेकको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ भने कृषिको कामबाट पनि फाइदै होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने देखिन्छ । समय शुभदायी रहला । सोच्दैनसोचेको स्थानबाट लाभ हुने तथा उद्योग-व्यापारमा विशेष फाइदाको योग छ ।
प्रतिक्रिया दिनुहोस्