Ads

नेपाली दर्शकले विश्वकप हेर्ने सम्भावना कमजोर हुँदै


काठमाडौं । ‘मंसिर ४ गतेबाट सुरु हुनगईरहेको विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नहुने सम्भावना बढेको छ । पहिलोपटक नेपाली च्यानलले प्रत्यक्ष प्रसारण गर्ने लागेको विश्वकप सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ हुन नसक्दा सम्भावना कमजोर हुँदै गएको हो ।

विश्वकप प्रसारण गर्न नेपालका लागि अधिकार पाएको मिडिया हबले ‘प्याकेज भ्यू’ मोडलमा विश्वकप प्रसारणको तयारी गरिरहेका बेला प्रसारण रोक्न माग गर्दै अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ गते प्रसारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आदेश संशोधनको माग गर्दै मिडिया हवले निवेदन दिएपछि गत शुक्रबार विश्वकपसम्बन्धी मुद्दाको पेशी तोकेको थियो । तर, अन्तिममा समयमा हेर्न नभ्याइने भन्दै पेशीबाट यो मुद्दालाई हटाइयो । आइतबार विश्वम्भर श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा परेको यो मुद्दा फेरि पनि हेर्न नभ्याइने भन्दै हटाइएको छ ।

‘मंसिर ४ गतेबाट प्रसारण सुरु गर्नुपर्ने छ, बिषयको गम्भीरता र आकष्मिकता हेरेर चाँडो सुनुवाइ गरिदिनुस् भनेर अदालतको ढोका चाहार्दा पनि सुनुवाइ अवसर नपाउनु निकै दुखद् भएको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले भनाई छ ।

‘हामीले नियमसंगत काम गरेको कुरामा हामी ढुक्क छौं, तर हाम्रो कुरा राख्नै नपाउने, मिति घर्केपछि सुनुवाई हुने अवस्था आउनु दुःखलाग्दो कुरा हो, । निर्देशक धितालले भने ।

‘हामीले पैसा लिने, अरु कसैले निःशुल्क फुटबल देखाउने अवस्था हैन, तर जसरी पनि निःशुल्क देखाउनुपर्छ भन्दै मुद्दा दायर गर्ने र फुटबल फ्यानलाई उनीहरुको अधिकारबाट वञ्चित गर्ने काम राम्रो नभएको धितालले बताए ।

Ads

सम्बन्धित पोष्टहरू