Ads

२०८१ भदौ १६ गते आइतवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

 वृष ( इवाविवुवेवो )घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।

 मिथुन ( काकिकुकेकोहा )मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

 कन्या ( टोपापिपुपेपो )आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ ।

 तुला ( रारिरुरेरोतातितुते )आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।

 मीन ( दिदुदेदोचा, चि )आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू