काठमाडाैं । पेरिसमा भएको पारालम्पिक–२०२४ मा नेपाललाई तेक्वान्दोमा कास्यपदक दिलाएकी पलेशा गोवर्धनलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ ।
आज नेपाल फर्किएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै गाडीमा राखेर नगर परिक्रमा गराइएको छ । उनलाई पदाधिकारी तथा खेलाडी सुवेच्छुकले स्वागत गरेका छन् ।
र्याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।
यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका हुन् ।
फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले ऐतिहासिक कांस्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
प्रतिक्रिया दिनुहोस्