Ads

बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल


काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोपबारे बोल्न आवश्यक नभएको बताएका छन् ।

बिहीबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्री ओलीमाथि बालेनले लगाएका आरोपबारे सम्बन्धि निकायले नै पुष्टि गर्ने भएकाले बोल्न आवश्यक नरहेको बताएका हुन् ।

‘बालेनले लगाएको आरोप प्रधानमन्त्री ओलीसँग जोड्न आवश्यक छैन । आरोपबारे सम्बन्धित निकायले नै पुष्टि गर्छ,’ उनले भने ।

फरक प्रसंगमा महासचिव पोखरेलले २०८४ को निर्वाचनमा एमाले ठूलो पार्टी बन्ने दाबी गरे । ‘०८४ को निर्वाचनमा एमाले देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएरै छोड्छ,’ उनले भने ।

महासचिव पोखरेलले युवाहरूमा निकै निराशा पलाएको र ती निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू