काठमाडौं । सुनको भाउले फेरि रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १३ सयले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ५३ हजार ३ सय तोकिएको छ ।
प्रतितोला ३० रूपैयाा बढेको चाँदी भने १ हजार ७९५ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्