Ads

२०८१ भदौ २२ गते शनिवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको साथ मिल्नेछ । पारिवारिक जमघटको वातावरण बन्ला ।

 वृष ( इवाविवुवेवो )आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले बढी अवसर दिलाउनेछ । उत्साहजनक सफल यात्राको योग पनि छ ।

 मिथुन ( काकिकुकेकोहा )आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध र रिसराग माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

 कन्या ( टोपापिपुपेपो )आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

 तुला ( रारिरुरेरोतातितुते )ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बन्नेछन् ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा खर्चसमेत बढ्ने योग छ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहला ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

 मीन ( दिदुदेदोचा, चि )आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउनेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू