Ads

रासस र मन्त्रालयबीच अनुदान निकासासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति ९रासस०बीच आज अनुदान निकासासम्बन्धी सम्झौता भएको छ । मन्त्रालयकातर्फबाट उपसचिव रामकृष्ण अर्याल र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापत्रमा मन्त्रालय र राससबीच नेपाली भाषामा चौबिसै घण्टा समाचार सेवा सञ्चालन, मातृभाषामा समाचार सेवा प्रारम्भ, सञ्चार उपकरण खरिद र कार्यालय मर्मत सुधार गर्नेलगायत शीर्षकमा राससलाई अनुदान निकासा दिनेसम्बन्धी सम्झौता भएको हो ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष झाले राससलाई आत्मनिर्भर बनाउन सरकारसँग विशेष पहल र सहजीकरणका लागि आग्रह गरे । मन्त्रालयका उपसचिव अर्यालले निर्धारित समयमा कार्यक्रम सम्पन्न गर्न रासस सक्षम रहने विश्वास व्यक्त गरे ।

Ads

सम्बन्धित पोष्टहरू