Ads

संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखमाथि महाअभियोग लगाउने तयारी


काठमाडाैं । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन्। ‘पद अनुकुल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ लाई टेकेर सत्तारुढ दलले उपसभामुख राना मगरलाई हटाउने तयारी थालेका हुन्।

रास्वपा कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेसँगै राजनीतिक वृत्त एकपटक तरंगित भएको छ।

अहिले रास्वपाले आकस्मिक बैठक बोलाएको नेताहरूले बताएका छन्।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि उपसभामुखले पछिल्लो समय पद अनुकुलको आचरण नगरेको उल्लेख गर्दै मार्गप्रशस्त गर्न आग्रह गरे।

‘मैले पनि मिडिया हेरेर थाहा पाएँ। उपसभामुखले पद अनुकुलको आचरण÷व्यवहार गर्नुभएको छैन। पदीय मर्यादाको कुरा गर्नुभएको छैन,’ बर्तौलाले भने, ‘यो गम्भीर त्रुटी हो, यो मानवीय त्रुटी होइन, नियतवस गरिएको पद आचरण विपरितको गतिविधि हो।’

संवैधानिक परिषदमा कांग्रेसबाट प्रतिनिधित्व नहुने अवस्था छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषदले निर्णय गर्न ५० प्रशितशत बढी सदस्यको मत चाहिन्छ ।

ओलीको प्रस्ताव रणनीतिक देखिन्छ । किनकी अहिले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपसभामुख राना सरकारको विपक्षमा छन् । महाअभियोग दर्ता गरेमा दुई तिहाइ बहुमत पुर्‍याउने जिम्मा आफ्नो हुने ओलीले गठबन्धनको बैठकमा भनेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू