काठमाडाैं । सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।
सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानामाथि महाभियोग प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको प्रति रास्वपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सत्तारुढ दलले रानामाथि महाभियोग दर्ताको तयारी थालेपछि त्यसबारे छलफल गर्न काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरूको बैठक बोलाइएको सांसद अशोक चौधरीले जानकारी दिए ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसअघि रास्वपाले बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्