Ads

२०८१ भदौ २८ गते शुक्रवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।

 वृष ( इवाविवुवेवो )महत्वकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनुपर्छ । आफन्तसँग खटपट हुन सक्छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रेला ।

 मिथुन ( काकिकुकेकोहा )आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

 कन्या ( टोपापिपुपेपो )स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

 तुला ( रारिरुरेरोतातितुते )आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउनसक्छ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

 मीन ( दिदुदेदोचा, चि )आज स्वादिष्ट भोजनको अवसर मिल्नेछ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

Ads

सम्बन्धित पोष्टहरू