Ads

आइसिसी विश्वकप लिग–२: घरेलु टोली क्यानडासँग खेल्दै नेपाल


काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार घरेलु क्यानडासँग खेल्दैछ।

क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे हुनेछ। लिग–२ मा नेपालले पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो। उक्त सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग ९ विकेटको जित हात पारेको थियो। अन्य तीन सिरिज भने नेपालले गुमाएको थियो।

ती तीनमध्ये दुई हार नामिबियासँग थियो भने एक नेदरल्यान्ड्स। त्यही हारले ६ महत्त्वपूर्ण अंक गुमाउँदा नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।

नेपाल र क्यानडाबीच यसअघि तीन एकदिवसीय खेल भएका छन्। जसमा तीन वटै खेलमा नेपालले जित हात पारेको छ। त्यो जित फ्रेबुअरीमा थियो। भ्रमणकारी टोली क्यानडालाई नेपालले सात रन, चार र ९ विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो।

नेपाल त्यही लयलाई दोहोर्‍याउने लक्ष्यमा हुनेछ। क्यानडासँग खेलेपछि नेपालले बुधबार ओमानसँग खेल्नेछ। त्यसको तीन दिनपछि क्यानडा र अन्तिम खेल ओमानसँग खेल्दै क्यानडा भ्रमण अन्त्य गर्नेछ।

नेपाली टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)

Ads

सम्बन्धित पोष्टहरू