Ads

राष्ट्रियसभाअन्तर्गतको दुई समितिमा सभापति निर्वाचित


काठमाडाैं । राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्।

विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार निर्वाचित भएका हुन्।

दाहाल नेकपा (एमाले) की सांसद हुन् भने शर्मा नेकपा (माओवादी केन्द्र) का सांसद हुन्।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सभापतिहरूलाई शपथग्रहण गराएका छन्।

Ads

सम्बन्धित पोष्टहरू