Ads

२०८१ असोज २ गते बुधवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

 वृष ( इवाविवुवेवो )आज सफल यात्रा हुनेछन् । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ ।

 मिथुन ( काकिकुकेकोहा )आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

 कन्या ( टोपापिपुपेपो )आज धर्मकर्ममा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर आउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ ।

 तुला ( रारिरुरेरोतातितुते )चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

 मीन ( दिदुदेदोचा, चि )सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक कार्य पूरा हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू