Ads

माओवादीप्रति देशभर आकर्षण बढ्न थाल्यो : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण देखिन थालेको बताएका छन् ।

बुधबार केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै उनले देशका लागि केही गर्ने माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेको बताएका हुन् ।

आफूहरु परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिँदै उनले पार्टीप्रति जनआकर्षण बढ्दै गएको बताए ।

उनले भने, ‘अरुबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर, अहिले भने सबैतिर उत्साह देखिएको छ, हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरुले हटाएको जनताले बुझ्दै गएका छन् ।’

उनले थप भने, ‘सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ ।’

त्यसका लागि पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उनकाे भनाइ थियाे ।

Ads

सम्बन्धित पोष्टहरू